प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८०
जरायोको मासु सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-२७

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० नयाँगाउ स्थित प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको ५ जनाको प्रहरी गस्ति टोलीले ऐ.ऐ.बस्ने बर्ष ५२ को डम्मर ब.थारुको घरको कोठाबाट जरायोको जस्तो देखिने अ.६/७ के.जी.मासु र ऐ.ऐ. स्थान नजिकै रहेको बासको झ्याङबाट जरायोको आन्द्रा, भुडि र कलेजो फेला पारी निम्न स्थान बस्ने निम्न मानिसहरुलाई मासु सहित नियन्त्रणमा लिएको, तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ५ जनाको प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको, जिल्ला वन कार्यालयसंग समन्वय गरी वन कार्यालयको टोली उक्त स्थानमा पुगिसकेको ।नियन्त्रणमा लिएका निम्न ब्यक्तिहरु:- १) जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१० बस्ने बर्ष अं.५२ को डम्मर ब.थारु ।२) ऐ.ऐ.बस्ने निजको छोरा बर्ष अं.२१ को सुसिल चौधरी । ३) ऐ.ऐ.११ बस्ने बर्ष अं.४१ को मिन ब.वली । ४) ऐ.ऐ.१० बस्ने बर्ष अ.२३ को सुसिल चौधरी ।५) ऐ.ऐ. बस्ने बर्ष २८ को आशाराम चौधरी ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-२७

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ हरियाली टोल स्थित लागूऔषध कारोबार भईरहेको अवस्थामा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध ब्युरो सुर्खेतबाट सादा पोशाकमा खटिएका ५ जनाको प्रहरी टोलीले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष २२ की राधिका वुढाको साथबाट नापतौल नगरेको १४ पुरिया (नाप तौल गर्दा शुद्ध तौल ६८० मि.ग्रा.) लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रू.१,२१,४५०।- (एक लाख एक्काईस हजार चार सय पचास ) सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-२५

सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ राधाकृष्ण मन्दिर स्थित लागूऔषध  कारोबार भईरहेको अवस्थामा वीरेन्द्रचोक पिकेट डिउटिमा खटिएको २ जनाको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई नापतौल नगरेको ५ पुडिया( नापतौल गर्दा शुद्द २८० मिलिग्राम) रहेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको ।१)जिल्ला सुर्खेत वी.न.पा. ५ बस्ने बर्ष २६ को अम्मर बि.क. ।२)ऐ.ऐ. बस्ने बर्ष २२ को राजन के.सी.।३)ऐ.ऐ. बस्ने बर्ष ३२ को ढकेन्द्र बि.क । 

सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०३-२४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ शंकर चोक स्थित शंकर चोक देखि धमला चोक तर्फ जादै गरेको क.प्र.०२००१ ह ०४४४ नं. को अटो र इत्राम पुल देखि शिवालय चोक तर्फ आउदै गरेको क.प्र. ०२००१ प ८१३४ न.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई अस्पताल तर्फ पठाईएको उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ४ जनाको प्रहरी टोली खटिएको, मोटरसाईकल र अटो ट्राफिकको नियन्त्रणमा रहेको, १) मोटरसाईकल चालक जिल्ला सुर्खेत वी.न.पा. १३ बस्ने बर्ष अ.३५ को गेसराम मगर हातमा चोट माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, अवस्था सामान्य । २) मोटरसाईकल पछाडी सवार जिल्ला दैलेख महाबु गाउँपालिका-६ बस्ने बर्ष अ.५६ को पोष्ट बहादुर दर्लामी भित्रि चोट कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको बोल्न सक्ने । ३) अटो चालक जिल्ला सुर्खेत वी.न.पा. ८ बस्ने बर्ष अ.२३/२४ को मान सिँह नेपाली हातमा चोट,सामान्य ।४) अटोमा सवार जिल्ला सुर्खेत वी.न.पा १२ बस्ने बर्ष अ.२३/२४ कि सिता बि.क.भित्रि चोट, बोल्न सक्ने साथमा ७/८ महिनाको बच्चा समेत रहेको बच्चालाई सामान्य भित्रि चोट, कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको । 

अचानक बसमा करेन्ट लाग्दा ३ जनाको मृत्यु ।
२०८०-०३-२१

सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पा तर्फ जाँदै गरेको रा.१ ख.८३४ न.को बसमा सडकको छेउमा रहेको ३३ के.भि. प्रसारण लाईनको बिद्युतको पोल सपोटको लागी छेउमा गाडेको तार (स्टे) मा बस छुईन जाँदा उक्त बसमा सवार १८/२० जना मध्ये २ जनाको घटना स्थलमा मृत्यु भएको र १ जना घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगेकोमा उपचारको क्रममा मृत्यु भएको ।निम्न व्यक्तिहरूको मृत्यु भएको । १) जिल्ला रोल्पा गंगा देब गाउँपालिका वडा नं.४ बस्ने बर्ष अं. ७०।७२ को बालराम डाँगी २) ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष अं. ४०।४२ को टोपलाल डाँगी३) बस साहु जिल्ला सल्यान छत्रेश्‍री गाउँपालिका-६ लान्ती बस्ने बर्ष अं.३३।३४ को महेन्द्र ओली 

मोटरसाईकलले पैदलयात्रिलाई ठक्कर दिदा उपचारका क्रममा मृत्यु ।
२०८०-०३-१३

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ स्थित घण्टाघर चोकबाट कपासे तर्फ जादै गरेको जिल्ला दैलेख महाबु गाउँपालिका-६ बस्ने बर्ष ३३ को तेज बहादुर शाहीले चलाएको क.प्र.०२-००१ प ७४६१ न. को मोटरसाईकलले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अन्दाजी ५० कि टिका सुनारलाई  ठक्कर दिदा टाउको र बाया खुट्टामा चोटलागि अवस्था सिरियस भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लिईएको र उपचारका क्रममा मृत्यु भएको, मोटरसाईकल र मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा रहको । 

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-१३

सुर्खेत,  जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-९ नदिकोट बस्ने रुद्र डाँगीको छोरा वर्ष अन्दाजी २९ को गणेश बहादुर डाँगीले मादक पदार्थ सेवन गरी घरपरिवार लाई कुटपिट गरिरहेको भनि निजको बुवाले अस्थायी प्रहरी पोष्ट वोटेचौर सुर्खेतमा जानकारी गराएपश्चात ३ जनाको प्रहरी टोलि खटिई गई निजको घरमा हेर्दा निज सुत्ने कोठामा खाट मुनि लुकाई छिपाई राखेको भरुवा बन्दुक थान १ र ३ वटा सानो पलाष्टिकको बट्टामा राखेको बारुद फेला पारी वरामद गरी निज गणेश बहादुर डाँगीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि तालुक ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतमा लिई राखेको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-१२

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ भारतीवाडामा ऐ. ४ बस्ने बर्ष अ.४८ को खगेन्द्र भण्डारी, ऐ.कनकासुन्दरी गाउँपालिका-२ बस्ने वर्ष अन्दाजी २९ को लाल बहादुर रोकाया, ऐ. ६ बस्ने बर्ष अन्दाजी ४६ को हरे राम खत्रीले लागूऔषध सेवन गरी रहेको अवस्थामा  जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलि र  लागूऔषध ब्युरो  सहितको संयुक्त प्रहरी टोलिले निजहरुलाई रितपुर्वक खानतलासी गर्दा निज हरे राम खत्रीले लगाएको कोटको माथिल्लो खल्ति बाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ९३० मिलिग्राम सहित ३ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखी थप अनुसन्धान भईरहेको  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-१२

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला नजिकै जुगाड खोला किनारा स्थित जिल्ला जुम्ला गुठिचौर गाउँपालिका-५ बस्ने बर्ष अन्दाजी १९ को नरेन्द्र सार्की, ऐ. ऐ. बस्ने बर्ष अन्दाजी १८ को बिशाल सार्कीलाई लागूऔषध सेवन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलि र लागूऔषध ब्युरो सहितको संयुक्त प्रहरी टोलि खटिगई, निजहरुलाई फेला पारी रितपुर्वक खानतलासी गर्दा निज नरेन्द्र सार्किको जाकेटको माथिल्लो खल्ति  बाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ८६० मिलिग्राम सहित २ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-१०

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० छिन्चु बजार स्थित नेपालगंज देखि सुर्खेत तर्फ आउँदै गरेको क.प्र. ०२००२ प ५५४३ न. को मोटरसाईकल लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले शंका मानि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ बस्ने बर्ष अन्दाजी २७ को दिनेश रसाईली र पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २३ को सुवास चन्द पहाडी (वि.क.) को साथबाट ५ पुरिया ( नापतौल नगरेको) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको । 

लागूऔषध(ट्यावलेट)सहित मानिस नियन्त्रणमा ।
२०८०-०३-०५

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ बस्ने बर्ष २०/२१ को अमृत भक्रीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ऐ. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन अगाडि सडकमा संङकास्पद रुपमा हिडिरहेको अवस्थामा फेलापारी तलासि लिदा निजको साथबाट ट्रामाडोल नामक २५ पत्तामा २५० वटा ट्यावलेट फेला पारी सोधपुछ गर्दा निजले ऐ.बस्ने अ.बर्ष २५/२६ को लक्ष्मण भण्डारीबाट ल्याएको हुँ, भनि भनेको हुदा निजको कोठामा गई खानतलासी गर्दा निजको कोठाबाट २५ पत्तामा २४६ वटा ट्यावलेट फेला पारी निज दुबैलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको । 

अधिक लोड >>
कम देखाउनुहोस् <<